प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
काठमाडौँ,असोज १— जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो।
प्रधान सेनापति सिग्देलले भदौ ३१ गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नुभएको थियो। साथै उहाँले बेइजिङमा आयोजित ‘१३औँ बेइजिङ स्याङसङ फोरम’को उद्घाटन सत्रमा समेत सहभागिता जनाउनुभएको थियो।

