अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
नयाँदिल्ली,असोज १ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा बिहीबार अपराह्न ५ बजे उहाँहरूबीच भेटवार्ता भएको हो।
भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

