सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो



काठमाडौं,असोज २ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एकैदिन ३ हजार ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ३०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले बढेको छ।बिहीबार ४ हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्