संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह



काठमाडौं,असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुनुभएको छ ।

समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए ।समारोहका क्रममा सैनिक हेलिकप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सुरक्षा अङ्गका प्रमुख, नेपाल सरकारका विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्