माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो



रसुवा,असोज ३ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा थप ११ जनाको शव फेला परेको छ।

शनिबार आयोजनाको अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ११ जनाको शव निकालिएको हो। बाढीपछि सुरुङभित्र हराइरहेका कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

यसअघि पनि सोही आयोजनाको सुरुङबाट शव निकालिएको थियो। पछिल्लो पटक ११ शव थपिएसँगै माथिल्लो त्रिशूली–१ आयोजनाभित्र फेला परेका मृतकको संख्या थप बढेको छ।

सुरुङभित्र अझै केही कामदार सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको छ।

प्रतिक्रिया दिनुहोस्