एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै



काठमाडौं,असोज ४ । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (आइतबार) बस्दैछ ।

कार्यदलको बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।

कार्यदल बैठकले निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने बताइएको छ ।

यस्तै, आजै दिउँसो १ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक पनि च्यासलमै बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्