२० क्विन्टल गाँजासहित दुई जना पक्राउ



सप्तरी,असोज ४ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले आज बिहान स्थानीय भोला सदा र मङ्गल मुखियाको घरमा तलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद भएको हो। बरामद गाँजाको तौल करिब २० क्विन्टल रहेको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्