प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
काठमाडौँ,असोज ६। प्रतिनिधिसभाको हिजो बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ।बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै, बैठकले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभाले स्वीकृत गरेको हो ।
यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आज असोज ६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

