शिवपुरी–७ मा कांग्रेसको वडा कार्यसमिति सर्वसम्मत चयन, सभापतिमा डङ्गोल



नुवाकोट,असोज ७। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिका–७ मा १२ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ।

मंगलबार सम्पन्न वडा अधिवेशनबाट सभापतिमा गंगालाल डंगोल, उपसभापतिमा अर्जुन पाण्डे, महिला उपसभापतिमा तारा पन्त र सचिवमा धीरेन्द्र ठकुरी चयन हुनुभएको छ।

बाँकी सदस्यसहित १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको जनाइएको छ। सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्न सहयोग गर्ने नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्