पञ्चकन्याका पाँचै वडामा कांग्रेस सभापति निर्विरोध, कोको बने वडा सभापति ?



नुवाकोट,असोज ७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पञ्चकन्या गाउँपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनबाट पाँचै वडामा वडा सभापति निर्विरोध निर्वाचित भएका छन्।

वडा नं. १ को सभापतिमा हरिहर वाग्ले, वडा नं. २ मा सुदर्शन मिश्र, वडा नं. ३ मा अमरसिंह थापा, वडा नं. ४ मा हरिराज कार्की र वडा नं. ५ मा डिल्लीबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।

नवनिर्वाचित वडा सभापतिहरूलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै जनताको सेवामा निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्