प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुग्नुभयो



न्युयोर्क,असोज ७ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ।

प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गर्नुभयो।

प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। उहाँ न्यूयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनुहुनेछ।

प्रधानमन्त्री शाहले बिहीबार अपराह्न संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा नेपालका तर्फबाट समसामयिक अन्तर्राष्ट्रिय विषय तथा नेपालको प्राथमिकताबारे धारणा राख्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्