रुडेक नेपालको १८औँ वार्षिक साधारण सभा सम्पन्न



नुवाकोट,असोज ८ । नुवाकोटमा ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक) नेपालको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीको अध्यक्षतामा बुधबार सम्पन्न सभामा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापा, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला केसी, दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकरी तामाङ, शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्रीलगायतको उपस्थिति थियो।

त्यसैगरी रुम टु रिड नेपाल, स्ट्रीट चाइल्ड, गुड नेवर्स इन्टरनेसनल, सेभ द चिल्ड्रेनलगायत साझेदार संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, संस्थाका सदस्य तथा पदाधिकारीहरूको पनि सभामा सहभागिता रहेको थियो।

सभाका क्रममा संस्थाको वार्षिक गतिविधि, आगामी योजना तथा सामाजिक क्षेत्रमा संस्थाले गर्दै आएका कामका विषयमा छलफल गरिएको जनाइएको छ। रुडेक नेपालले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, साझेदार संस्था, शिक्षक, विद्यार्थी, सदस्य तथा पदाधिकारीप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्