नुवाकोटसहित ६१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, ७ जिल्लामा उच्च जोखिम



नुवाकोट, असोज ८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न जिल्लामा स–साना नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

प्राधिकरणका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका क्षेत्रमा स–साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको प्राधिकरणले जनाएको छ। नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय तथा खोला आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका क्षेत्रमा भने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी तथा खोला किनारमा नजान र बहाव बढेको अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्