तीन दिन राप्ती राजमार्ग बन्द हुने



सल्यान,असोज ८ । राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डमा आज बेलुका ५ बजेदेखि सवारी आवागमन बन्द हुने भएको छ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द हुने भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाका आधारमा सडक बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले जारी गरेको सूचना अनुसार राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोटखण्ड र तुलसीपुर सुर्खेत सडकखण्ड अन्तर्गत तुलसीपुर देखि सल्यानको कालिमाटीसम्म सडक तीन दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले सम्भावित वर्षाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको हो । प्रशासनले सम्बन्धित सबैलाई सूचना पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्