बाढीपहिरोपछि नेपालको पुनर्निर्माणमा अस्ट्रेलियाको साथ रहने एन्थोनीको प्रतिबद्धता
काठमाडौँ, असोज ९ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले बाढीपहिरोबाट भएको ठूलो क्षतिपछि नेपाल पुनःस्थापना र पुनर्निर्माणको चरणमा अघि बढिरहँदा अस्ट्रेलिया नेपाली जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसङ्घमा आज नेपालका प्रधानमन्त्री बालेन शाहसँग भएको भेटमा एन्थोनीले बाढी तथा विपद्बाट प्रभावित नेपालीप्रति अस्ट्रेलियाको गहिरो समवेदना व्यक्त गरेका हुन्।
भेटका क्रममा उनले नेपालमा बाढीपहिरोपछि अस्ट्रेलियाले हालसम्म गरिरहेको सहयोगबारे जानकारी गराउँदै आवश्यक स्थानमा थप सहयोगका लागि नेपालसँग निरन्तर सहकार्य गर्ने बताएका छन्।
एन्थोनीले विपद्मा परी अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति पनि सहानुभूति व्यक्त गरेका छन्।
उनले नेपाललाई आवश्यक परेको स्थानमा सहायता पुर्याउन अस्ट्रेलियाले निरन्तर काम गरिरहने बताएका छन्।

