तिनाउ नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं,असोज ९। तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आज असोज ९ गते बिहान ११ः३० बजे सूचना जारी गर्दै नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

महाशाखाले पर्सि बिहानसम्म तिनाउ नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाइराख्न अनुरोध गरेको छ।

बाढीको जोखिमलाई ध्यान दिँदै नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित डुबानबाट जोगिन सुरक्षित स्थानतर्फ सर्नसमेत सम्बन्धित निकायले आग्रह गरेको छ। सूचना बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्