कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, तल्लो तटीय क्षेत्रमा सतर्कता



मकवानपुर,असोज ९ । निरन्तर वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्दै गएको छ। पछिल्लो मापनअनुसार जलाशयमा पानीको सतह १ हजार ५२२ दशमलव ३६ मिटर पुगेको छ।

जलाशय पूर्ण रूपमा भरिन अझै ७ दशमलव ५ मिटर बाँकी रहेको बताइएको छ। हाल कुलेखानी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ। जलाशय भरिएर तत्काल जोखिम उत्पन्न हुने अवस्था नरहे पनि निरन्तर वर्षा भइरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

कुलेखानी जलाशयको तल्लो तटीय क्षेत्रमा माल्टा, प्युटार, आश्राङ, गिम्दी, ठूलादुर्लुङ, इपा, ठिङ्गन, मन्थली र ब्यासी क्षेत्र पर्छन। सम्बन्धित निकायले ती क्षेत्रका बासिन्दालाई मौसमको अवस्था तथा आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। निरन्तर वर्षाका कारण जलाशयमा पानीको सतह थप बढ्न सक्ने भएकाले स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको हो।

प्रतिक्रिया दिनुहोस्