प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै



काठमाडौं, असोज १० । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्कनुहुने भएको छ ।

प्रधानमन्त्री शाह हिजो न्युयोर्कबाट कतारको दोहाका लागि प्रस्थान गरिसक्नुभएको छ । उहाँ आज दोहाबाट काठमाडौं फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहले हिजो बिहान संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुभएको थियो । महासभामा सम्बोधन गरेपछि उहाँ न्युयोर्कबाट दोहा हुँदै स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्