पञ्चकन्या–५ मा कांग्रेस संस्थापनइतर पक्षको वडा अधिवेशन सर्वसम्मत सम्पन्न, सभापतिमा तामाङ
नुवाकोट,असोज १५ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मा नेपाली कांग्रेस संस्थापनइतर पक्षको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
क्रियाशील सदस्यहरूको उपस्थितिमा भएको अधिवेशनले सन्दीप तामाङको नेतृत्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो। आपसी छलफल, सहमति र समझदारीका आधारमा वडा कार्यसमितिसहित पदाधिकारी तथा सदस्य चयन गरिएको जनाइएको छ।
अधिवेशनबाट सभापतिमा सन्दीप तामाङ, उपसभापतिमा प्रेमबहादुर तामाङ, महिला उपसभापतिमा सरिता तामाङ, सचिवमा मनिस थापा, सहसचिवमा उद्धव खतिवडा र कोषाध्यक्षमा मधुकर गिरी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा शुवाकर पौडेल, लालबहादुर नेपाली, दामोदर सिटौला, शर्मिला अधिकारी र देवकी सार्की चयन भएका छन्। महिला क्षेत्रीय प्रतिनिधिमा अस्मिता श्रेष्ठ, नबिना खनाल र सुदिना तामाङ चयन भएका छन्।
नवनिर्वाचित वडा कार्यसमितिले स्थानीयस्तरमा पार्टी संगठनलाई थप सुदृढ गर्दै नेपाली कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने कांग्रेससम्बद्ध कार्यकर्ताले बताएका छन्।

