उत्तरगया–बेत्रावती सडकखण्डमा दिनभरजसो आवतजावत बन्द हुने



नुवाकोट,असोज १६ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्मको सडकखण्डमा ट्रयाक खोल्ने तथा पहिरो सफा गर्ने काम भइरहेकाले आवतजावतमा समय तालिका लागू गरिएको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले बुधबार सूचना जारी गर्दै निर्माणस्थलमा पैदल यात्रुसमेत जुनसुकै बेला आवतजावत गर्दा ट्रयाक खोल्ने काममा ढिलाइ हुनुका साथै सुरक्षामा समेत समस्या देखिएको जनाएको छ ।

योजनाका अनुसार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पहिरो सफा गर्ने तथा निर्माण कार्य गरिने भएकाले उक्त समयमा सडक बन्द रहनेछ । प्रत्येक दुई घण्टामा १५ देखि २० मिनेट भने आवतजावत खुला गरिने जनाइएको छ ।

सडक योजनाले रातिको समयमा पनि उक्त स्थानबाट आवतजावत नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । सडक निर्माणको कामलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउन सहयोग गरिदिन योजनाले स्थानीय बासिन्दा तथा यात्रुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्