सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ,असोज १६। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको हो।
बिहीबार प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बिहीबार चार हजार चार सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार चार हजार चार सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

