१५५ किलो गाँजासहित कार चालक पक्राउ
बारा,असोज १६ । जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट प्रहरीले १५५ किलो ६३५ ग्राम गाँजासहित एक कार र चालकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा असोज १६ गते बिहान करिब ९ बजे मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याएर कार जाँच गर्दा रातो प्लास्टिकले बेरी लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २८ वर्षीय अम्बिर डिम्डुङलाई पक्राउ गरिएको हो। बरामद गाँजा, कार र पक्राउ परेका डिम्डुङलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

