गायक ढुण्डीराज ढकाल र देवी घर्तीको आवाजमा ‘आयो लाहुरे’



काठमाडौं,असोज १६ । गायक तथा सर्जक ढुण्डीराज ढकाल र गायिका देवी घर्तीको आवाजमा नयाँ गीत ‘आयो लाहुरे’ सार्वजनिक भएको छ।

गीतमा ढुण्डीराज ढकालको शब्द तथा संगीत रहेको छ भने स्वरमा देवी घर्ती र ढुण्डीराज ढकाल रहेका छन्। गीतको भिडियोमा जुना गुरुङ, कृष्णप्रसाद चापागाईं, राजन भुजेल, चन्द्र गुरुङ, प्रतिभा चाम्लिङ राईलगायत कलाकारले अभिनय गरेका छन्।

‘आयो लाहुरे’को निर्देशन तथा सम्पादन रोशन धितालले गरेका हुन्। गीतको छायांकन मरुभूमि नारायणले गरेका छन् भने शृङ्गार मोहन लामाले गरेका छन्।

गीतको निर्माण धिताल फिल्म्स प्रालिले गरेको हो। निर्माण पक्षले गीत तथा भिडियोले दर्शक–श्रोताको माया पाउने अपेक्षा गरेको जनाएको छ।

भिडियो:-

प्रतिक्रिया दिनुहोस्