नाम्सी पुलको पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालन



चितवन,असोज १७ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ ।

शुक्रबार बेलुकी माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सडक एकतर्फी रूपमा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि अहिले सडक सञ्चालनमा आएको जनाएको छ ।

सो क्षेत्रमा अझै पहिरोको जोखिम कायमै रहेकाले सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

कार्यालयले सुरक्षित रूपमा यात्रा गर्न र सडकको अवस्थाप्रति सतर्क रहनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्