बाढीपीडित ४१ परिवारलाई सामग्री राख्न वाक्सा वितरण
नुवाकोट,असोज १७ । नुवाकोटमा बाढीका कारण घरविहीन भएका ४१ परिवारलाई सामग्री राख्न वाक्सा वितरण गरिएको छ।
लायन्स क्लब अफ काठमाडौं क्याम्पियनले बाढी प्रभावित परिवारका लागि ट्याङ्कीलगायतका सामग्री उपलब्ध गराएको हो।
क्लबका अध्यक्ष मिलन नकर्मीले विपत्तिमा मानवीय सेवामा सहभागी हुँदै सानो सहयोग गरिएको बताउनुभयो। उपलब्ध वाक्सा तथा अन्य सामग्री बाढीपीडित परिवारलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
क्लबले आगामी दिनमा पनि बाढी प्रभावित परिवारका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

