दुवै मिर्गौला फेल भएपछि उपचाररत मनबहादुरले गरे आर्थिक सहयोगको अपिल
काठमाडौं,असोज १७ । जाजरकोटको नलगाड नगरपालिका–५ खन्टाकुराका मनबहादुर बुढाथोकीले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ।
दुवै मिर्गौला फेल भएपछि बुढाथोकी विगत दुई वर्षदेखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ। लामो समयदेखि उपचार गराइरहेका उहाँले आर्थिक अभावका कारण उपचार खर्च जुटाउन कठिनाइ भएको भन्दै सहयोगको अपिल गर्नुभएको हो।
बुढाथोकीले आफ्नो जीवन बचाउन सहयोग गरिदिन देश–विदेशमा रहेका नेपाली तथा सहयोगी मनहरूसँग आग्रह गर्नुभएको छ। उहाँले सञ्चारमाध्यममार्फत आफ्नो अवस्थाबारे जानकारी गराउँदै उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको हो।
उहाँले भन्नुभएको छ, “म विगत दुई वर्षदेखि दुवै मिर्गौला फेल भएर सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जीवन र मृत्युसँग लडिरहेको छु। मेरो जीवन बचाउन आर्थिक सहयोग गरिदिनुहुन सबैमा अपिल गर्दछु।”उहाँलाई निम्न क्युआरमा सहयोग गर्न सकिनेछ ।


