नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. १ मा ३०० मत गणना, पण्डित र तामाङ अगाडि



नुवाकोट,असोज १७। नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को अधिवेशनअन्तर्गत पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ३०० मत गणना हुँदा सभापतिमा दिनेश पण्डितले अग्रता लिएका छन् ।

सभापतिमा पण्डितले ११८ मत प्राप्त गर्दा चन्द्रबहादुर गुरुङले ६५ र मुकुन्दप्रसाद पाण्डेले ९३ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा सूर्यबहादुर तामाङ १२२ मतसहित अगाडि छन् ।नवराज कार्कीले ९३ र गङ्गा उप्रेतीले ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सचिवमा रुप तामाङले १०३ मतसहित अग्रता लिएका छन् । नारायण खनालले ८२ र हुत्तराज लामिछानेले ६५ मत प्राप्त गरेका छन् ।

सहसचिवमा शुभद्र कँडेलले १०५ मत प्राप्त गर्दा अनामिका कार्कीले ८३ मत प्राप्त गरेकी छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्