सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट मनसुन बाहिरियो
काठमाडौँ,असोज १७ । यस वर्षको मनसुन आज बिहानदेखि नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको हो।
महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गएकाले आगामी केही दिनमा नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ।
महाशाखाले मनसुन बहिर्गमनको प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित अनुगमन गरिरहेको जनाएको छ।

