लिखु–६ मा कांग्रेस संस्थापनइतर पक्षको वडा अधिवेशन सर्वसम्मत, सभापतिमा होमबहादुर जिसी
नुवाकोट,असोज १७ । नेपाली कांग्रेस लिखु गाउँपालिका–६ मा संस्थापनइतर पक्षको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले वडा सभापतिमा होमबहादुर जिसीलाई सर्वसम्मत चयन गरेको छ।
क्रियाशील सदस्यहरूको भेलाले वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेअनुसार जिसीको नेतृत्वमा नयाँ वडा कार्यसमिति गठन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा जनार्दन भण्डारी र भगवती भेटुवाल चयन भएका छन्। सचिवमा सुमन भेटुवाल र सहसचिवमा मदन श्रेष्ठ चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत चयन गरिएको जनाइएको छ।
वडा कार्यसमितिका सदस्यहरूमा रामशरण थपलिया, हेमन्त पन्त, अर्जुन डंगोल, विनोद खत्री र रामकुमार सुनारलगायत रहेका छन्। यस्तै लक्ष्मी भट्ट र प्रमिला पाठकसहितका सदस्यहरू पनि कार्यसमितिमा चयन भएका छन्।
अधिवेशनमा सहभागी क्रियाशील सदस्यहरूले पार्टीलाई वडा तहबाट थप सुदृढ र एकताबद्ध बनाउँदै आगामी महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

