७५ वर्षीया सुकुमाया तामाङ असोज १२ गतेदेखि बेपत्ता



काठमाडौँ,असोज १७। तार्केश्वर नगरपालिका वडा नम्बर १ साङ्ला स्थायी ठेगाना भएकी ७५ वर्षीया सुकुमाया तामाङ यही असोज १२ गतेदेखि बेपत्ता भएकी छन्।

घरबाट निस्किएर हिँडेपछि उनी सम्पर्कविहीन भएकी हुन्। उनको खोजीका लागि परिवारले बालाजु प्रहरीमा निवेदनसमेत दिएको आफन्त समीक्ष तामाङले जानकारी दिइन्।

बेपत्ता हुँदा सुकुमायाले पिंक रङको टिसर्ट, रातो साडी र रुमाल लगाएकी थिइन्।

उनको हालसम्म अवस्था पत्ता नलागेकाले परिवारले खोजीमा सहयोग गरिदिन सबैसँग अनुरोध गरेको छ। उनलाई फेला पार्नुहुनेले ९८६३२७३४४७ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्