शिवपुरी–५ मा देउवा काङ्ग्रेस समूहको अधिवेशन सर्वसम्मत, रविन्द्र पौडेल सभापति



काठमाडौँ,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिका–५ मा देउवा समूहको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले रविन्द्र पौडेलको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो।

समितिको उपसभापतिमा सिंहबहादुर तामाङ र निरमाया थापा, सचिवमा श्यामकुमार तामाङ तथा सहसचिवमा ठाकुर थापा चयन भएका छन्।

त्यस्तै, खुला सदस्यमा प्रेम बल तामाङ, जयराम बुढाथोकी र कृष्णबहादुर तामाङ तथा खुला महिला सदस्यमा गोमा मोक्तान र सीता थापा चयन भएका छन्। दलित सदस्यमा रत्नबहादुर सार्की तथा अन्य सदस्यमा जीवन घले र कृष्ण थापा चयन भएका छन्।

कुनै पनि दाबी–विरोध नपरेपछि वडा कार्यसमिति सर्वसम्मत चयन भएको हो। अधिवेशनसँगै शिवपुरी–५ मा कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर सांगठनिक गतिविधि थप बढेको छ।

प्रतिक्रिया दिनुहोस्