संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहाल निलम्बित
काठमाडौं,असोज २० । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ।
मन्त्रालयका अनुसार दाहालले पदीय आचरणविपरीत गरेको भनिएका कार्यबारे जाँचबुझ गर्न अधिकृत तोकिएको छ। जाँचबुझ अधिकृतले तीन दिनभित्र गृहसचिवसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ।
गृह मन्त्रालयले संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको पनि जनाएको छ।

