विपद्पछि महामारीको जोखिम घटाउन रेडक्रसको नुवाकोटमा तालिम



नुवाकोट,असोज २० । नुवाकोटमा विपद्पश्चात् फैलिन सक्ने महामारी तथा संक्रामक रोगको जोखिम न्यूनीकरणका लागि स्वयंसेवकलाई तालिम दिइएको छ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले विदुर नगरपालिकाअन्तर्गतका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा रेडक्रस स्वयंसेवकका लागि महामारी नियन्त्रणसम्बन्धी स्वयंसेवक तालिम सञ्चालन गरेको हो।

तालिममा विपद्पछि फैलिन सक्ने महामारी तथा संक्रामक रोगको रोकथाम, नियन्त्रण र जोखिम न्यूनीकरणका साथै स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका विषयमा ज्ञान तथा सीप प्रदान गरिएको थियो।

तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा रेडक्रस स्वयंसेवक गरी २५ जनाको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्