पञ्चकन्याका बाढीपहिरो प्रभावित १७ परिवारलाई नगद सहयोग



नुवाकोट,असोज २० । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा बाढी तथा पहिरोबाट प्रभावित र विस्थापित १७ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ।

समाजसेवी राजेन्द्र मिश्र र राजन दुलालले प्रत्येक परिवारलाई रु. ८ हजार ५ सयका दरले नगद सहयोग गर्नुभएको हो। गत भदौ ४ र ५ गते परेको भिषण वर्षाका कारण बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडा अध्यक्षहरू, कर्मचारी तथा गाउँ प्रहरीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्दै आउनुभएका समाजसेवी मिश्र र दुलालप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्