कांग्रेस महाधिवेशनको बन्द सत्रको छलफल सकियो



काठमाडौँ, असोज २०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ ।

बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेका छन् ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन् ।

बन्द सत्रको छलफल भोलि बिहान साढे १० बजे पुनः सञ्चालन हुनेछ । भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्