गगन थापाले कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराए
काठमाडौं,असोज २० । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
थापाले आज साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दर्ता गर्न छुटेको हुन सक्ने भन्दै नेपाली कांग्रेसको निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको छ ।

