दुर्गा प्रसाईँलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ,असोज २० । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईँलाई रु दुई लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश भएको जानकारी दिनुभयो ।
विद्युतीय कारोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई गत असार १२ गते पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै उहाँविरुद्ध मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले आज प्रसाईँलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

