कांग्रेस महाधिवेशनमा ३१ पदका लागि उम्मेदवारी दर्ता
काठमाडौँ, असोज २१ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारीको टुंगो लागेको छ। सभापतिमा तीनजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एकजना तथा खुला उपसभापतिमा नौजनाको उम्मेदवारी परेको छ।
त्यस्तै, समावेशी उपसभापतिमा पाँचजना, खुला महामन्त्रीमा आठजना र महिला महामन्त्रीमा तीनजनाले उम्मेदवारी दिएका छन्।
सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।
खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव उम्मेदवार छन्।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्ला मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्।
खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय उम्मेदवार छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिएका छन्।

