रास्वपा नुवाकोट लिखुको अन्तरक्रिया सम्पन्न



नुवाकोट, असोज २१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार लिखुस्थित मार्कोपोलो होटलमा ‘हामी सुन्छौँ’ अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य राजुनाथ पाण्डे, डा. कृष्णहरि बुढाथोकी र सुनिल केसीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा लिखु गाउँपालिकामा पार्टी संगठनका सभापति बिष्णु श्रेष्ठ, पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। सहभागीहरूले संगठनको गतिविधि, आगामी अभियान तथा पार्टी संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए।

संगठनप्रतिको प्रतिबद्धता, सक्रियता र एकताले अभियानलाई थप ऊर्जा दिएको आयोजकले जनाएको छ। कार्यक्रम तथा अन्तरक्रिया तादी र दुप्चेश्वरमा समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्