सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौं, असोज २१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएर ४ हजार ४२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्