देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी
काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ।
विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारीमा रहनुभएका चालिसेले मंगलबार उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो। तर बुधबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नुअघि उहाँले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।
यसअघि सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो।

