नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ
काठमाडौं, असोज २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई रु एक लाख घुससहित नियन्त्रणमा लिएको छ ।
निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको रु ३३ हजार ७०५ समेत बरामद गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

