वेत्रावतीमा बेलिब्रिज जडान रातभर जारी



नुवाकोट, असोज २२ । नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालनका लागि वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र गतिमा भइरहेको छ। सडक सम्पर्क पुनःस्थापना गर्न जडान कार्य रातीमा समेत निरन्तर अघि बढाइएको छ।

हालसम्म बेलिब्रिज जडानको करिब आधा काम सम्पन्न भइसकेको छ। लगातारको वर्षाका कारण कामको गतिमा केही असर परे पनि यसै साता जडान कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।

बेलिब्रिज जडान सम्पन्न भएपछि आगामी आइतबारदेखि नुवाकोट–रसुवा यातायात सेवा सञ्चालन गर्ने तालिका रहेको छ। बेलिब्रिज सञ्चालनमा आएपछि बाढी तथा पहिरोका कारण प्रभावित नुवाकोट–रसुवा सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्