भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
काठमाडौं,असोज २२ । भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए। तर, उपचारका क्रममा कुनै प्रतिक्रिया नआएपछि बिहान ५ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
भारतीय समाचार संस्था एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो। मणिपाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शेखर सालकरले उनको निधन भएको जानकारी दिएका छन्।
हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकरले अभिनयमार्फत भारतीय चलचित्र क्षेत्रमा विशिष्ट पहिचान बनाएका थिए। ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रमा उनको अभिनय चर्चित रहेको थियो।
पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय एक चर्चित अभिनेतालाई गुमाएको छ।

