एमाले स्थायी समितिको पहिलो बैठक सुरु, विद्यादेवी भण्डारीले लिइन् शपथ
काठमाडौं,असोज २२। नेकपा एमालेको स्थायी समितिको पहिलो बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
स्थायी समितिको बैठक सुरु हुनुअघि केन्द्रीय कमिटीबाट वरिष्ठ उपाध्यक्ष पदमा मनोनीत विद्यादेवी भण्डारीले शपथ लिनुभएको छ।

