भोटेकोशी र कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेल
काठमाडौँ,असोज २२ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
पौडेल समितिको सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।अध्यक्ष दाहालले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
राष्ट्रियसभाको असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक जना सदस्य पछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो।
समितिलाई भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्सम्बन्धी घटनाको अध्ययन तथा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

