नुवाकोट शिवपुरी–६ मा ७५ जना शिक्षक, स्वास्थ्यकर्मी र वडा कर्मचारी सम्मानित



नुवाकोट,असोज २२। नुवाकोटको शिवपुरी गाउँपालिका–६ मा शिक्षक, स्वास्थ्यकर्मी तथा वडा कर्मचारी गरी ७५ जना सम्मानित भएका छन्।

बिहीबार समुद्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडा नम्बर ६ का ७५ जना कर्मचारीलाई सम्मान गरिएको हो।

वडा अध्यक्ष विष्णु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा वडा कार्यालयअन्तर्गत कार्यरत कर्मचारीलाई सम्मान गरिएको जनाइएको छ।

कार्यक्रममा कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै स्थानीयस्तरमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्