कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्री नियुक्त



सुर्खेत,असोज २४ । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा जुम्लाका डा. भीमबहादुर खत्री नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै नवनियुक्त उपाध्यक्ष खत्री जुम्लाको तातोपानी गाउँपालिका–४ का स्थायी बासिन्दा रहेको बताउनुभयो ।

बैठकले हुम्लाको नाम्खा गाउँपालिका र तिब्बतको बुराङ काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रदेश सरकारका तर्फबाट सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, बैठकले कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्