कांग्रेसको कमान गगनको हातमा, ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित



काठमाडौँ,असोज २४ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गर्नुभएको हो ।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनमा कुल ७ हजार १३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्