लिखुमा विश्व मानसिक स्वास्थ्य सेवा दिवसमा जनचेतनामूलक अन्तरक्रिया
नुवाकोट,असोज २४ । विश्व मानसिक स्वास्थ्य सेवा दिवस २०८३ को अवसरमा नुवाकोटको लिखु गाउँपालिका–६ स्थित बच्छला माध्यमिक विद्यालयमा जनचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा लिखु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भीम रोक्काले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, मानसिक समस्याबारे खुलेर कुरा गर्ने वातावरण निर्माण तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमा जोड दिइएको थियो।
यस वर्षको दिवसको नारा ‘जीवन्त अनुभवको सुनुवाइ : वास्तविक आवाज, वास्तविक परिवर्तन’ रहेको छ।

